रुसको किभमा भिषण आक्रमण, कम्तिमा १० जनाको मृत्यु

१८ आषाढ़, २०८३, बिहिवार
सारांश
  • किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार मृतक तथा घाइतेको संख्या उल्लेखनीय रहेको छ । उनका अनुसार पीडितमध्ये बालबालिका पनि छन् ।

काठमाडौं: रूसले युक्रेनको राजधानी किभमा फेरि ठूलो स्तरको ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

 

बुधबार राति गरिएको आक्रमणमा अन्य धेरै मानिस घाइते भएका युक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणपछि शहरका विभिन्न क्षेत्र खाली गराइएको थियो भने शक्तिशाली विस्फोटका कारण राजधानीका धेरै भवनहरू हल्लिएका थिए ।

 

यो आक्रमण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि भएको हो ।

 

किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार मृतक तथा घाइतेको संख्या उल्लेखनीय रहेको छ । उनका अनुसार पीडितमध्ये बालबालिका पनि छन् ।

 

उनले रूसले जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाउँदै सर्वसाधारणको ज्यान लिइरहेको आरोप लगाए । यता, रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले गरेका आक्रमणको जवाफस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार